भ्रष्टाचारको समुंद्रमा बिकासको गंगा बहाउन आएको छु : अर्विन्द साह

माघ १९, बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साहले जनदर्शन अभियानलाई तीव्र बनाएका छन् ।

साह जनदर्शन कार्यक्रम सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छ्न । जनदर्शन अभियानका क्रममा उनले आफ्नो राजनीतिक दृष्टिकोण, विकासका प्राथमिकता तथा क्षेत्रको समग्र बिकासका लागि तयार पारेका योजनाहरू मतदाता माझ प्रस्तुत गर्नुभएको छ ।

इन्जिनियर साहले सडक पूर्वाधार विस्तार, सरसफाइ व्यवस्थापन, सुरक्षित खानेपानी, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवाको दीर्घकालीन समाधानका लागि आफू स्पष्ट योजना सहित अघि बढेको उहाँले बताउनुभयो ।

साथै, भ्रष्टाचार, बेथिति र सरकारी संयन्त्रभित्र व्याप्त दलीय हस्तक्षेप अन्त्य गर्दै पारदर्शी, उत्तरदायी र जनमुखी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफू भ्रष्टाचारको समुंद्रमा बिकासको गंगा बहाउन आएको रिपोर्टर टेलिभिजन संगै कुराकानी गर्दै बताएका छ्न ।

Comments (0)
Add Comment