बारा ३ का उम्मेदवार रामबाबु यादवको पछि जन लहर बढदै

माघ १९, बारा । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपालका तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवारी दिएका पुर्व माननीय रामबाबु कुमार यादवले जनदर्शन अभियानलाई तीव्र बनाएका छन् ।

रामबाबु यादवले क्षेत्र नं. ३ का मतदाता संग प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम अघि बढाए संगै वहाँको पछि दिनप्रतिदिन जन लहर बढदै गएको छ । जनदर्शन गर्ने क्रममा आफ्नो राजनीतिक दृष्टिकोण, विकासका प्राथमिकता, बिगतमा आफुले गरेका कामहरूको रिपोर्ट कार्ड जनता माझ प्रस्तुत गर्दै अघि बढेका छ्न ।

आफु जनताको लागि दिन रात खटेको तथा जन सेवामा नै समर्पित रहेको हुनाले क्षेत्र नं. ३ का भगवान स्वरुप मतदाताहरुले मलाई भारी मतले जिताउने छ्न भनी यादवले रिपोर्टर टेलिभिजन संग कुराकानी गर्दै बताएका छ्न ।

Comments (0)
Add Comment