ज्येष्ठ नागरिकको आशिर्वाद र युवाको साथले चुनाव जित्ने छु : चंदन सिंह

42

माघ १९, बारा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारी दिएका चंदन कुमार सिंहले आफु चुनाव जित्ने गरि दिन रात एक गरेर जनदर्शनमा होमिएका छ्न ।

ज्येष्ठ नागरिकहरुको आशिर्वाद र युवाहरुको साथले आफु  चुनाव जित्ने छु भनि सिंहले एक कार्यक्रममा बोले । चंदन कुमार सिंह देवताल गाउँपालिकाको अध्यक्षको रूपमा समेत रहि कार्य गरिसकेका छ्न ।

देशका पुराना नेताहरुले देशमा भ्रष्टाचार गर्ने बाहेक अन्य कुनै काम नगरेको समेत सिंहले भने । आज हाम्रो देशमा गरिबी, बेरोजगारी र हामीहरु आर्थिक रुपले पछि परेको कारण नै यी पुराना नेताहरू हुन । एकचोटि बालेन साह माथि विश्वास गरि हामीहरुलाई समर्थन गर्नको लागि जनता संग सिंहले आग्रह समेत गरेका छ्न ।

Leave A Reply

Your email address will not be published.